दफा २०
अधिकार प्रत्यायोजन

(१) नेपाल सरकारले यस ऐन बमोजिम आफुलाई प्राप्त अधिकार नेपाल सरकारको कुनै अधिकारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।
तर, दफा १४ बमोजिम नेपाली नागरिकबाट हटाउने अधिकार प्रत्यायोजन हुने छैन ।

(२) यस ऐन बमोजिम नागरिकताको प्रमाणपत्र वितरण गर्न तोकिएको अधिकारीले आफुलाई प्राप्त अधिकार कुनै अधिकृत कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।